५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिएका हुन्। इण्डोनेसियामा जारी १८ अाैं संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो। एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो। 

प्रकाशित: १३ भाद्र २०७५ १५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App