१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वीरेन्द्र राई स्मृती फुटसलको उपाधि विजय यूथलाई

मकवानपुर– हेटौंडामा आयोजित वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधिसहित ५० हजार रुपैंया हात पारेको हो।

उपविजेता भएको इन्टरनेटले २५ हजार रुपैंयामै चित्त बुझाउन बाध्य भएको छ। फाइनल खेलमा इन्टरनेटमाथि विजय यूथ निकै हाबी भएको थियो। शारीरिक रुपमा समेत निकै बलियो देखिएका विजय यूथको सामु इन्टरनेट निरिह बनेको थियो। विजयले सेमीफाईनलमा एचआइडी मर्निङ क्लवलाई हराएको थियो भने इन्टरनेटले ७ नम्बर फुटबल टिम हेटौंडालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै विजय यूथका राज पौडेलले नगद ५ हजार रुपैंया प्राप्त गरे भने इन्टरनेटका प्रितम स्याङ्बोले उदीयमान खेलाडीको पुरस्कार नगद २ हजार रुपैंया प्राप्त गरे। विजयी क्लव तथा खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का कार्यसमिति सदस्य एवम् फुटसल संघका संयोजक दावा लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता आयोजक एफसी मल्टिभिजनका अध्यक्ष विकेशलाल श्रेष्ठ लगायतले नगद, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरे।

मकवानपुरको प्रतिनिधित्व गर्दै ए डिभिजन क्लवबाट आफ्नो फुटबल खेल कौशलता प्रस्तुत गरेका वीरेन्द्र राईको स्मृतिमा फुटसलको आयोजना गरिएको हो। प्रतियोगितामा मकवानपुरका २१ टिमको सहभागिता रहेको थियो।

प्रकाशित: ९ भाद्र २०७५ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App