काठमाडाैं - एसिया कप छनौट खेलको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अाज (बुधवार) भएको पहिलाे अभ्यास खेलमा जित हात पारेको छ। नेपाली टोलीले श्रीलंकाकाे स्थानीय क्लब आर्मी क्रिकेट क्लब विरुद्धको खेलमा ६७ रनको जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो। ब्याटिङमा नेपालका लागि आरिफ शेखले सर्वाधिक ८९ रन जोडे। उनले १ सय १८ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ८९ रन जोडेका हुन। यस्तै अाजकाे खेलमा पारसकाे अनुपस्थितीमा कप्तानीकाे जिम्मेवारी निभाएका ज्ञानेन्द्र मल्लले २१ रन जाेडे। आरिफ वाहेक अन्य व्याट्सम्यानको प्रदर्शन भने खासै उच्च रहन सकेन। १ सय २० रनमै अाफ्ना महत्वपूर्ण ८ विकेट गुमार्इ सकेकाे नेपालार्इ अारिफले सम्मानजनक याेगफल दिलाएका थिए।
१ सय ९५ रनको मध्ययम विजयी लक्ष्य पछ्याएको स्थानीय टोली आर्मी क्रिकेट क्लब नेपाली बलीङ आक्रमण सामु निरिह बन्यो। आर्मी ३६ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २७ रनमा समेटिन पुग्दा नेपालले पहिलो अभ्यास खेल ६७ रनले आफ्नो पक्षमा पार्यो। नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान ३/३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए।
नेपाली टोलीले अर्को अभ्यास खेल ब्लुमफिल्डसँग आगामी शुक्रवार खेल्नेछ। तीन अभ्यास खेल पछि नेपाली टोली श्रीलंकाबाटै एसिया कप छनौट प्रतियोगिता खेल्न अगस्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ।
प्रकाशित: ६ भाद्र २०७५ १२:४२ बुधबार