२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिगमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा कार्डीफ सिटी र न्यूकासल युनाइटेड भिड्दै छन्।

त्यस्तै राति ७ः४५ मा ४ वटा खेल हुनेछन्। जसमा एर्भटन र साउथह्याम्पटन, लेस्टर सिटी र ओल्भरह्याम्टन, टोटेनह्याम र फुलह्याम तथा वेस्टह्याम युनाइटेड र एएफसी बर्नमाउथ भिड्ने छन्।

यस्तै राति १०ः१५ मा हुने आजको अन्तिम तथा बहुप्रतिक्षित खेलमा चेल्सी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ। चेल्सीले पहिलो खेलमा हडल्सफिल्ड टाउनलाई ३–० ले पराजित गर्दै प्रतियोगितमा सुखद सुरुवात गर्दा आर्सनल भने पहिलो खेलमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो।

यो वर्षको प्रिमियर लिग अघिल्लो हप्ताबाट सुरु भएको हो। पहिलो चरणको खेलहरू सकिँदा लिभरपुल शीर्ष स्थानमा छ। त्यस्तै चेल्सी दोस्रो, बर्नमाउथ तेस्रो, क्रिस्टल प्यालेस चौंथो, म्यानचेस्टर सिटी पाँचौं र वार्टफोर्ड छैटौं र म्यानचेस्टर युनाइटेड सातौं स्थानमा रहेका छन्।

 

प्रकाशित: २ भाद्र २०७५ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App