४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विधान संसोधन नगर्न एन्फालाई राखेपको पत्र

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार चितवनमा हुने साधारणसभामा विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निर्देशन गरेको छ। 

नेपाली खेलकुदको सरकारी प्रतिनिधि संस्था राखेपले सोमबार एन्फालाई पत्र लेख्दै बुधबार हुने साधारणसभामा विधान संसोधनको एजेन्डा हटाउन निर्देशन दिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले पुष्टी गरे । ‘राखेप आफै संघीय संरचनामा गइसकेको छैन। 

देश संघीय संरचनामा गएपछि राखेपले पनि त्यहीअनुसार आफ्नो ऐन–नियमहरु बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न निर्देशन भएको हो,’ दाहालले नागरिकसँग भने, ‘राखेपले समग्र खेलकुदको विधान र नियमावलीको आधार तयार गरेपछि सबै संघले त्यहीअनुसार जानुपर्ने हुन्छ । एन्फाले अहिले विधान वा नियमावलीहरु बनाउने वा संसोधन गर्ने गरे पनि पछि त्यो काम नलाग्न सक्ने भएकाले राखेपले यस्तो निर्देशन दिएको हो।’

वैशाख २२ गते भएको साधारणसभाबाट निर्वाचित एन्फा कार्यसमितिले साउन ३० मा साधारणसभा गर्दै विभिन्न नियमावली पास गराउनुका साथै संघीय संरचनामा विधान संसोधन गर्ने योजना बनाएको थियो । तर राखेपको पत्रपछि एन्फाले नयाँ नियमावली पास गर्न तथा विधान संसोधन गर्न नपाउने भएको छ। 

एन्फाका कार्यवाहक अध्यक्ष पंकज नेम्वाङले राखेपबाट पत्र आएको विषयमा जानकारी नभएको बताए । ‘पत्र आएको मलाई जानकारी छैन । अहिलेको राखेपको ऐन–कानुनमा नबाझिने गरी गर्न पाउनुपर्छ । भविश्यमा हामी ल्याउँछौं, त्यो अनुसार मात्र तिमीहरुले गर भन्न पाइन्न,’ नेम्वाङले भने, ‘पत्र आयो भने बुझौला । तर हामीलाई साधारणसभा गर्न र विधान संसोधन तथा नियमावलीहरु पास गर्न स्विकृति गर्न स्विकृति दिइसकेको छ । अहिलेको खेलकुद ऐन–कानुन नबाझ्ने गरी हामीले गर्न पाउनुपर्छ । उहाँहरुले भविश्यमा नयाँ कानुन ल्याउँदा केही बाझिए स्वत परिमार्जन भइहाल्छ।’

 

प्रकाशित: २९ श्रावण २०७५ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App