२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सिक्स ए साइड फुटबल हुने

काठमाडौं – चावहिल स्पोर्ट्स क्लबको आयोजनामा साउन २८ गतेबाट चावहिल भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। भदौ २ सम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका ९ र मोफसलका ३ सहित कुल १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू चावहिलमा हुनेछ। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १५ श्रावण २०७५ ०५:१६ मंगलबार

सिक्स साइड फुटबल हुने