२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

लामेलाले गरे टोटेनह्यामसँग सम्झौता नवीकरण

लन्डन – अर्जेन्टिनी प्लेमेकर इरिक लामेलाले टोटेनह्यामसँग सम्झौता नवीकरण गरेका छन् । उनले शुक्रबार टोटनह्यामसँग चारवर्षे सम्झौता गरेका हुन्।

नयाँ सम्झौताअनुसार लामेलाले अब सन् २०२२ सम्म टोटनह्याममा खेल्नुपर्नेछ। ‘इरिक लामेलालाई क्लबमा सम्झौता नविकरण गर्न पाएकोमा हामी खुसी छौं, जुन सम्झौता २०२२ सम्म रहनेछ,’ टोटनह्यामको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । नेभेम्बरमा घाइते भएका लामेला पुनः टोलीमा फर्किएका हुन्। गत सिजन टोटेनह्यामबाट ३३ खेल खेलेका लामेलाले लेस्टरसँगको अन्तिम खेलमा २ गोल गरेका थिए।

२०१३ मा रोमाबाट टोटनह्याम आएका २६ वर्षे लामेलाले अर्जेन्टिनाबाट २३ खेल्दै ३ गोल गरेका छन् । उनले २०११ मा पाराग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। प्रि–सिजनको खेल अन्तर्गत साउथइन्ड युनाइटेडविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए भने अमेरिका भ्रमण गर्न लागेको उनको टोलीमा उनी मुख्य सदस्य रहनेछन्।

प्रकाशित: ६ श्रावण २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App