मस्को (एपी) – फिफाको अनुशासन कमिटीले रूसमा जारी विश्वकपमा अपनाएको नियम सहजै अनुमान लगाउन कठिन भएको छ।
अनुशासन कमिटीले अनुमतिबिनाको मोजा प्रयोग गरेको भन्दै स्विडेनलाई ७० हजार स्विस फ्य्रांक जरिवाना तोकेको थियो भने क्रोएसियाका खेलाडीले मैदानमा प्रायोजनविपरीतको ड्रिङसको प्रायोग गरेको भन्दै ७० हजार स्विस फ्य्रांक नै जरिवानाको सजाय सुनाएको थियो।
त्यस्तै कमिटीले समर्थकले अभद्र व्यवहार गरेको भन्दै रूस र सर्बियाका फुटबल संघलाई भने १० हजार स्विस फ्य्रांक मात्र जरिवाना गरेको थियो।
कमिटीको कारबाही अभद्र समर्थकको व्यवहारप्रति सम्बन्धित फुटबल संघलाई कारबाही गर्नुभन्दा पनि प्रायोजक रिझाउनमा केन्द्रित देखिएको छ। यता अर्जेन्टिनाका पूर्वस्ट्राइकर डिएगो म्यराडोना भने फिफा अनुशासन कमिटीको नियमभन्दा बाहिर गई आफैं रमाएका थिए।
फिफाका सद्भावना दूत म्याराडोनाले सामाजिक सञ्जाल फेसबुकमार्फत रंगभेदी दुव्र्यवहारको आरोप खण्डन गरे पनि भिआइपी सिटमा बसेर उत्तेजित व्यवहार देखाएका थिए। उनले समूहचरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध लियोनल मेसीले गरेको पहिलो गोलको खुसी मनाउने क्रममा अशोभनीय व्यवहार देखाएका थिए।
प्रकाशित: २६ असार २०७५ ०५:२४ मंगलबार