२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

अस्ट्रेलियाविरुद्ध पेरू

रूस – अस्ट्रेलिया र पेरू मंगलबार समूह ‘सी’ कै अर्को खेलमा आमने–सामने हुँदै छन् । पहिलो खेलमा फ्रान्सलाई २–१ को नतिजा सुम्पिएको अस्ट्रेलियाले दोस्रो खेलमा डेनर्माकलाई १–१ को बराबरीमा रोक्दै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको थियो।

अस्ट्रेलियालाई अन्तिम खेलमा पेरूविरुद्ध फराकिलो जित मात्र पनि अन्तिम १६ प्रवेशका लागि पर्याप्त नबन्न सक्छ । त्यसका लागि अस्ट्रेलियाले अर्को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको कामना गर्नुपर्छ।

अस्ट्रेलियाले मंगलबार भेट्रान स्ट्राइकर टिम काहिललाई खेलाउने बताइएको छ । अस्ट्रेलियाली टोलीका सर्वकालीन गोलकर्ता काहिलले १ सय ६ खेलमा ५० गोल गरिसकेका छन्।

यता लगातारको दुई हारपछि प्रतियोगिताबाट बाहिरिसकेको पेरू अस्ट्रेलियाविरुद्ध जित हात पार्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छ।

प्रकाशित: १२ असार २०७५ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App