१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकप फुटबलः उरुग्वेकाे जितमा गिमिनेज नायक

रुस – इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।

उरुग्वेका लागि खेलको ९० औं मिनेटमा डिफेन्डर जोसे गिमिनेजले फ्रिकिक मार्फद उत्कृष्ट हेड गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। खेलको अन्तिमसम्म उरुग्वेलाई रोकेको इजिप्टले ९० औं मिनेटमा भने गोल खान पुगेको थियो। खेलअवधिभर दुवै टोलीले पाएका केही सुन्दर अवसर सदुपयोग गर्न भने सकेनन्। 

खेल अवधिभर इजिप्टलाई दबाबमा राखेपनि उरुग्वेले गोल गर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो। आजको खेलमा च्याम्पियन्स लिग अन्तर्गत रियलसँग फाइनल खेलमा घाइते भएका इजिप्टका मोहम्मद सालाहलाई भने सुरुवाती ११ मा राखिएको थिएन। 

 

प्रकाशित: १ असार २०७५ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App