१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

आज बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर ठाउँको आसपास रहेको जल र मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। सबै प्रदेशका पहाडी क्षेत्रका केही ठाउँ र बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। देशका अग्ला पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।  

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रका केही ठाउँ र बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। देशका अग्ला पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App