१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमा ३-१ ले पछाडि

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पहिलो हाफमा आयोजक उज्वेकिस्तानसँग ३-१ गोल अन्तरले पछि परेको छ।

खेलको २४औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को गोलमार्फत खेलमा फर्किने संकेत गरेको नेपालले पहिलो हाफको अन्त्यतिर पुन: अर्को गोल खाएको हो।

खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले तेस्रो गोल गर्दै आफ्नो अग्रतालाई पुनः दुई गोलको बनाएको हो।

यसअघि, खेलको सुरुवाती ११ मिनेटभित्रै दुई गोल खाएर नेपाल दबाबमा आएको थियो।

साम्बाको गोलले केही आशा जगाए पनि तेस्रो गोलसँगै नेपाललाई दोस्रो हाफमा खेलमा फर्कन निकै कठिन चुनौती थपिएको छ।

प्रकाशित: २१ असार २०८२ २२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App