१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

कुमुते च्यालेन्ज करातेमा नेपालका पाँच खेलाडी

नेपालका पाँच जना खेलाडीले भारतमा हुने अल्टिमेट काता कुमुते च्यालेन्ज कराते च्यालेन्जमा प्रतिस्पर्धा गर्ने भएका छन्।

द डेनको आयोजनामा आइतबार भारतको सिलीगुडीमा हुने च्यालेन्जमा चार पुरुष र एक महिला गरी कुल पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पुरुष एकल कातामा स्वप्निल मानन्धर, ६० केजीमा एलन श्रेष्ठ, मीनबहादुर तामाङ र राजीव पुडासैनीले सहभागिता जनाउने छन्। महिला एकल कातामा सानुमाया थिङले चुनौती प्रस्तुत गर्ने छिन्।

हरेक विधामा स्वर्ण जित्ने खेलाडीले दुई लाख भारु प्राप्त गर्ने प्रशिक्षक मण्डेकाजी महर्जनले बताए। टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ छन्। फुर्पा लामाले व्यवस्थापकको भूमिका निर्वाह गर्ने छन्। रेफ्री तारा गुरुङ पनि टोलीसँगै जाने छिन्। नेपाली टोली शनिबार नै भारतको सिलीगुडी गएको छ।

उक्त च्यालेन्जमा सहभागी हुने नेपाली टोलीलाई नगदेश डोजोको भावनाले केल्मीको पोशाक उपलब्ध गराएकी थिइन्।

प्रकाशित: ७ असार २०८२ २१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App