२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

तेस्रो जित हात पार्दै दिल्ली दुई स्थान माथि उक्लियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स तेस्रो जित हात पार्दै नौ खेलबाट ६ अंक जोड्दै दुई स्थान माथि उक्लिएको छ।

फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई चार रनले हराएको छ। टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। जवाफी व्याटिङमा उत्रिएको राजस्थानले पाँच विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो।

भारी वर्षाका कारण खेललाई १८ ओभरमा छोट्याइएको थियो। वर्षाले खेल प्रभावित पारेपछि डकवर्थ लुईस विधिअनुसार खेलाइएको थियो। जस अनुसार राजस्थान चार रनले पराजित हुन पुगेको हाे।

राजस्थानका जोस बट्लरले २६ बलमा ७ छक्का र ४ चौका सहित ६७ तथा जोन म्याथ्यु शर्टले २५ बलमा ४ छक्का र २ चौका सहित ४४ रन बनाएका थिए। तर त्यो जितका लागि प्रर्याप्त हुन सकेन।

बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए।

दिल्लीका ऋषभ पन्तले ७ चौका र पाँच छक्काको मद्दतमा ६९ बनाए। खेलमा कप्तान श्रेयस ऐयरले ५० रन जो भने पृथ्वी शाले ४७ र विजय शंकरले १७ रनको योगदान गरे।

बलिङतर्फ जयदेव उनादकदले सर्वाधिक तीन विकेट लिएका थिए।

आइपीएल क्रिकेटमा आज शीर्ष स्थानको चेन्नाई सुपर किङ्स र चौथो स्थानको कोलकाता नाईट राईडर्स भिड्नेछन्।

प्रकाशित: २० वैशाख २०७५ ०२:१६ बिहीबार

तेस्रो जित हात पार्दै दिल्ली दुई स्थान माथि उक्लियो