१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चेल्सीको कठिन जित, शीर्ष चारमा पर्ने झिनो सम्भावना कायमै

काठमाडौं – खेलको चौंथो मिनेटमा सेस फाब्रिगासले गरेको गोलको मद्दतमा चेल्सीले इङलिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ। जितसँगै चेल्सीले प्रिमियर लिगको शीर्ष चारभित्र पर्ने झिनो सम्भावना जीवित राखेको छ।

जितसँगै अंकतालिकाको पाँचौ स्थानमा रहेको चेल्सीले ३५ खेलबाछ ६६ अंक जोडेको छ। पराजित स्वान्सी भने ३३ अंकका साथ १७ औं स्थानमा छ। चौथो स्थानको टोटेनह्यामको ३४ खेलबाट ६८ अंक छ।

रातिनै सम्पन्न अन्य खेलहरूमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई ५–०, एभर्टनले हडल्सफिल्ड टाउनलाई २–०, साउथह्याम्पटनले बर्नमाउथलाई २–१ तथा वेष्टब्रोमले न्यूक्यासल युनाइटेडलाई १–० ले हराउँदा बर्नले र ब्राइटनले भने गोलरहित बराबरीमा रोकिएका छन्।

प्रिमियर लिगमा आज राति दुई खेल हुनेछन्। जसमा यस सिजनको च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले छैटौं स्थानको आर्सनलसँग खेल्नेछ।

प्रकाशित: १६ वैशाख २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App