२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

पिएफए भेट्रान कप क्रिकेट हुने

अत्तरिया– कैलालीको अत्तरियामा वैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट हुने भएको छ।

प्ले फर अत्तरियाको आयोजनामा २० ओभरमा खेलाइने उक्त प्रतियोगितामा ७ नम्बर प्रदेशका १२ वटा टिमको सहभागिता रहने छ। आयोजकले विहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। 

प्रतियोगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया पाउने छन्। यस्तै वेस्ट बलर, वेस्ट व्यास्टम्यान, वेस्ट फिल्डरले जनही १०–१० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक शिवराज भट्टरार्इले जानकारी दिए।  

प्रतियोगिताको मुख्य आयोजक जेबी अटोमोबाइल्स स्कट ट्याक्टर रहने आयोजकले जनाएको छ। प्रतियोगिता सशस्त्र प्रहरीको खेल मैदान बनखेतमा हुने छ।

प्रकाशित: १३ वैशाख २०७५ १५:१० बिहीबार

पिएफए भेट्रान कप क्रिकेट हुने