१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

युगाण्डाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत युगान्डाविरुद्धको बिहीबारको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा युगान्डाका कप्तान जेनेत मम्बाजीले टस जित्दै पहिले ब्याङि गर्ने निर्णय लिइन्।

प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो। यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो।

साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ। नेपाल अङ्क तालिकाको पुच्छारमा छ।

प्रकाशित: २९ फाल्गुन २०८१ १७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App