१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आइपीएल : राजस्थानद्वारा कोलकातालाई १६१ रनको लक्ष्य

जयपुर– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससामु १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको राजस्थान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रनमा समेटियो।

राजस्थानका लागि डार्सी सर्टले सर्वाधिक ४४ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। अजिक्य रहाणेले ३६ रन जोडे। १९ बल खेलेका उनी ५ चौका र १ छक्कासहित आउट भए।

जोस बटलरले नटआउट २४ रन बनाए। उनले १८ बल खेल्दै २ चौका प्रहार गरे। राहुल त्रिपाठी १५ रनमा समेटिदा बेन स्टोक्स १४ र कृष्णप्पा गोथम १२ रनमा आउट भए। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ नितिश राना र टम कुरेनले २–२ विकेट लिए। पियुष चावला, कुलदीप यादव र शिवम मावीले समान १ विकेट लिए।

प्रकाशित: ५ वैशाख २०७५ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App