भारतीय क्रिकेट टिमका प्रमुख प्रशिक्षक गौतम गम्भीर र कप्तान रोहित शर्माबीच मतभिन्नता रहेको खबर बाहिर आएको छ। तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले यसको खण्डन गरेका छन्।
शुक्लाले भनेका छन्, "गौतम गम्भीर र कप्तान रोहित शर्माबीच कुनै मतभेद छैन।" हालै सम्पन्न बोर्डर–गावस्कर सिरिजमा अस्ट्रेलियाले भारतलाई ३–१ ले हराएको थियो। रोहितले सिरिजको अन्तिम खेल खेलेका थिएनन्।
त्यसपछि कप्तान शर्मा र प्रशिक्षक गम्भीरबीच मतभेद रहेको खबर बाहिर आएको थियो। रोहितले आफ्नो खराब फर्मका कारण अन्तिम टेस्ट खेल नखेल्ने निर्णय गरेको भनेका थिए। गौतम गम्भीरले पनि यो कुरालाई खण्डन गरिसकेका छन्।
प्रकाशित: १ माघ २०८१ १३:३४ मंगलबार