१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

संयुक्त आयोजनाका लागि सहमति

अर्जेन्टिना – दक्षिण अमेरिकन फुटबल संघले शुक्रबार २०२६ को विश्वकप संयुक्त आयोजनाका लागि अमेरिका, मेक्सिको र क्यानडालालाई सहमति दिएको छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उत्तर अमेरिकाले आयोजना गर्ने भन्ने प्रस्तावलाई संयुक्त रूपमा समर्थन गर्ने उल्लेख गरेको छ।

‘अमेरिकासँग हामीहरूको ऐतिहासिक सम्बन्ध हुनुका साथै ठूला–ठूला सम्मेलन गरेको इतिहास छ,’ दक्षिण अमेरिकन फुटबल संघका अध्यक्ष अलिजाद्रो डोमेन्गुइजले भने, ‘संघले अमेरिकी समाजमा खेलकुदको विकास र खेलको अन्तरसम्बन्धात्मक शक्ति स्वीकार गर्दै आयोजनालाई समर्थन दिन्छ।’

यसअघि उत्तर अमेरिकन संघ र मोरक्कोले संयुक्त रूपमा २०२६ विश्व कप आयोजना गर्ने प्रस्ताव राखेका थिए । २०२६ को विश्वकपबाट ३२ राष्ट्रका टोलीले सहभागिता जनाउने प्रतियोगितामा संख्या बढाएर ४८ टोली सहभागी गराउने प्रस्ताव यसअघि नै विश्व फुटबल महासंघ (फिफा)बाट पारित भइसकेको छ।

संयुक्त आयोजनाका लागि संघले समर्थन जनाएकोमा अमेरिकाले  विज्ञप्तिमार्फत खुसी व्यक्त गरेको छ । ‘२०२६ को संस्करणका लागि हामी एसोसिएट सदस्यसँग निरन्तर छलफलमा छौ । सँगसँगै आर्थिक र भौतिक रूपको छलफल पनि भइ नै रहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

२०२६ को संस्करण कसले आयोजना गर्ने भन्नेबारे आउँदो जुनमा २ सय ११ फिफा सदस्यले निर्णय गर्नेछन्।
यसअघि मेक्सिकोले १९७०, १९८६ मा विश्वकप आयोजना गर्दा संयुक्त राज्य अमेरिकाले १९९४ मा आयोजना गरेको थियो।

प्रकाशित: २ वैशाख २०७५ ०४:३७ आइतबार

संयुक्त आयोजनाका लागि सहमति