५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आइपीएलमा दिल्लीको पहिलो जित, जेसन रोयको विस्फोटक व्याटिङ्ग

नयाँदिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको दिल्लीले मुम्बई इण्डियन्सलाई ७ विकेट पराजित गर्दै आइपीएलमा पहिलो जित दर्ता गराएको हो। निर्धारित २० ओभरमा मुम्बईले ७ विकेट गुमाउँदै प्रस्तुत गरेको १९५ र नको विजय लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेटको क्षतिमा भेट्टायो। 

दिल्लीका लागि जेसल रोयले विस्फोटिङ्ग व्याटिङ्ग गर्दै नटआउट ९१ रन बनाए। ५३ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। रिसभ पन्तले ४७ रन बनाए। २५ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे। शिरियस आयरले २० बलमा ३ चौका र १ छक्का सहित नटआउट २७ रन बनाए। गौतम गम्भीर १५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १३ रन जोडे। 
बलिङतर्फ क्रुनल पाण्ड्याले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिए।  

यसअघि वानखडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९४ रन बनायो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। 

एभिन लिविसले २८ बलमा ४ चौका र ४ छक्कासहित ४८ रन बनाए। इसान किसनले ४४ रन जोडे। २३ बलमा ५ चौका र २ छक्का उनले प्रहार गरे। रोहित शर्माले १८ र क्रुनल पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ ट्रेन्ट बोल्ट, डेनियल क्रिस्टियन र राहुल तेवाटियाले सामान २ विकेट लिए। मोहम्मद समीले एक विकेट झारे।

आइपीएलमा तेस्रो खेल खेलेको दिल्लीले मुम्बईलाई हराउँदै पहिलो जित निकालेको छ। दिल्लीले नेपाली खेलाडी सन्दिप लामिछानेलाई टिममा समेटेपनि मैदानमा भने उतारेको छैन्। दिल्लीका पदाधिकारीले उनले अवसर पाउने बताउँदै आएका छन्। 

प्रकाशित: १ वैशाख २०७५ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App