१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

मलेसियामा जारी यू १९ महिला एसिया कपमा पाकिस्तानले नेपाललाई एक सय पाँच रनको लक्ष्य दिएको छ। 

नेपालविरुद्ध पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित बीस ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभरको खेल जारी रहँदा एक विकेट गुमाएर २६ रन बनाएको छ। 

किन्नारा ओभल क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको थियो। पहिलो पटक आयोजना भएको प्रतियोगिताको समूह बीमा नेपाल र पाकिस्तानसँगै भारत छन्। 

नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ भने श्रीलंका, बंगलादेश र मलेसिया छन्।  

प्रकाशित: १ पुस २०८१ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App