१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

खेलकुदमन्त्रीलाई खेलाडीको ध्यानाकर्षण

काठमाडौं – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

ध्यानकर्षणपत्रमा खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात) भत्ता व्यवस्था गर्नुपर्ने, प्रतियोगिताको वर्गीकरण गरी पदक जित्ने खेलाडीलाई भत्ता उपलब्ध गराउने नीति बनाउनुपर्ने माग गरिएको छ।

नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा भविष्य छ भन्ने आभास हुने गरी नीति बनाउन माग गर्दै सबै खेलाडीको स्तरअनुसार पहिचान खुल्ने गरी परिचयपत्रको व्यवस्था गर्दै निश्चित सहुलियतका लागि पहल गर्नुपर्ने खेलाडीहरूको माग छ।

उनीहरूले खेल जीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन माग गरेका छन् । अर्को वर्षको मार्चमा हुने १३औं दक्षिण एसियाली खेलकुद निर्धारित समयमा आयोजना गर्ने वातावरण मिलाउन पनि उनीहरूले ध्यानाकर्षण गराएका छन्।

ज्ञापनपत्र बुझ्दै मन्त्री विश्वकर्माले खेलाडीहरूलाई खेलक्षेत्रमा मेरो भविष्य हुन्छ भन्ने प्रत्याभूति दिन नयाँ बजेटमार्फत कार्यको प्रारम्भ गर्ने बताए।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अहिले स्थायी सरकार भएकाले माग कार्यन्वयन हुनेमा आफूहरू आश्वस्त भएको बताए।

प्रकाशित: २७ चैत्र २०७४ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App