९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

अष्ट्रेलियाविरुद्ध भारतको लजास्पद प्रदर्शन, १५० रनमै अलआउट

अष्ट्रेलियाविरुद्ध भारतले लजास्पद प्रदर्शन गरेको छ। अस्ट्रेलिया र भारतबीच पाँचको खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारत टी ब्रेकअघि १५० रनमै अलआउट भएको छ। 

बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट खेलमा भारतको तर्फबाट आज डेब्यु गरेका नितिश रेड्डीले सर्वाधिक ४१ रन बनाए। उनीलाई पछ्याउँदै ऋषभ पन्तले ३७ रन जोडे। पर्थमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। यशस्वी जैसवालसँगै केएल राहुल ओपनरको रुपमा मैदानमा उत्रे तर जैसवाल रन बनाउन नसकेर आउट भए। 

उनको ठाउँमा आएका देवदत्त पडिक्कल पनि बिना कुनै रन नै आउट भए। भारतका लागि केएल राहुल २६, विराट कोहली ५, ध्रुव जुरेल ११, वासिङ्टन सुन्दर ४, हर्षित राना ७, जसप्रित बुमराह ८ र मोहम्मद सिराज शून्यमा आउट भए। उक्त खेलमा भारतीय टिमको कप्तानी फास्ट बलर जसप्रित बुमराहले गरिरहेका छन्। 

प्रकाशित: ७ मंसिर २०८१ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App