५ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली बिहीबार साँझ स्वदेश फर्किएको हो।

यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

यो पनि पढ्नुहोस्

क्यानले महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार दिने

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो। त्यस्तै, यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ।

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ। एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन्।

नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ।

प्रकाशित: २९ कार्तिक २०८१ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App