७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

आईसीसी यू-१९ महिला विश्वकपको एसिया छनोट : नेपालको लगातार दोस्रो जित

नेपालले आईसीसी यू-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

यूएईमा जारी छनोट प्रतियोगितामा नेपालले बिहीवार कुवेतलाई १०८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । पहिलो खेलमा नेपालले बुधवार थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।

नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भयो। ओपनर जिफाले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।  

नेपालकी रचना चौधरी र सिमाना केसीले समान २-२ विकेट लिए ।

अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । कप्तान पुजा महतोले ३४, साना प्रविनले २५ र ज्योत्सिका मरासिनीले २३ रन जोडिन् ।

कुवेतका लागि अयशा एकवालले २ विकेट लिए ।

कुवेत लगातार दोस्रो खेलमा पराजित भएको छ। कुवेत पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हारेको थियो ।

आफ्नो तेस्रो खेलमा नेपालले शनिबार घरेलु टोली यूएईसॅंग खेल्नेछ । 

प्रकाशित: २२ कार्तिक २०८१ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App