१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि

फाइल तस्बिर

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट म्याच आजदेखि सुरु हुँदैछ। भारतको पुणेमा हुने टेस्ट म्याच बिहान ९ः४५ बजेबाट सुरु हुने कार्यतालिका रहेको छ।

३ टेस्टको सिरिजमा न्युजिल्यान्ड १–० ले अघि छ। न्युजिल्यान्डले पहिलो टेस्टमा ३६ वर्षपछि घरेलु टोली भारतलाई ८ विकेटले हराएको थियो। त्यसकारण आजको खेलमा जित निकाल्दै भारत सिरिज बराबरीमा ल्याउन चाहन्छ। आजको खेलमा पनि भारतले जित निकाल्न सकेन भने न्युजिल्यान्डले सिरिजमाथि कब्जा जमाउने छ।

पहिलो खेलमा निकै कमजोर प्रदर्शन गरेको भारत आजको खेलमा भने राम्रो रणनीतिका साथ मैदान उत्रने तयारीमा रहेको छ।

भारत र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट आगामी नोभेम्बर ४ बाट सुरु हुनेछ।

प्रकाशित: ८ कार्तिक २०८१ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App