९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

साफ च्याम्पियनसिप: पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा

<br>

साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो।

समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो। यस खेलसँगै भारत भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले हराउँदै तीन अङ्क जोडेको थियो। बङ्गलादेश र पाकिस्तानको समान एक/एक अङ्क रहेको छ।

खेलको पहिलो हाफमा पाकिस्तानले पहिलो अग्रता लियो। खेलको ३२औं मिनेटमा पाकिस्तानकी जाहमेना मालिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन्।

त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बङ्गलादेशले गोल फर्कायो। बङ्गलादेशकी सम्सुनाहर जुनियरले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन्।

समूह ‘बी’ अन्तर्गत सोमबार दिउँसो १ः३० बजे हुने पहिलो खेलमा भूटान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने छ भने साझ ५ः३० बजे हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स आमनेसामने हुनेछन्।

प्रकाशित: ४ कार्तिक २०८१ १९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App