७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

वेस्ट इन्डिजको जितसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा

आईसिसी महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ।

गयराति सम्पन्न समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले जित हात पारेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको इङ्ग्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो। १४२ रनको लक्ष्यसहित मैदान उत्रेको वेस्ट इन्डिजले १२ बल बाँकी छदै ४ विकेटको क्षतिमा जित हात हासिल गर्यो।

समूह ‘बी’ बाट साउथ अफ्रिका समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ।

अब पहिलो सेमिफाइनल बिहीवार र दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ। पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र साउथ अफ्रिका भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकपको फाइनल खेल आइतवार हुनेछ।

प्रकाशित: ३० आश्विन २०८१ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App