७ पुस २०८१ आइतबार
image/svg+xml
खेल

बंगलादेशविरुद्धको टेस्ट सिरिज भारतद्वारा 'क्लिनस्विप'

बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै २ खेलको सिरिज भारतले क्लिनस्विप गरेको छ । पहिलो खेलमा भारत २८० रनले विजयी भएको थियो ।  

लगातारको वर्षाले दुई दिन प्रभावित भएको खेलमा बंगलादेशले दिएको ९५ रनको सामान्य लक्ष्य भारतले पाँचौ दिनको अन्तिम सेसनमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा यशस्वी जैशवालले ५१ र विराट कोहलीले नटआउट २९ रन बनाए । मेहन्दी हसन मिराजले २ र तैजुल इस्लामले एक विकेट लिए पनि हार भने टार्न सकेनन् ।  

यसअघि २ विकेटको क्षतिमा २६ रनबाट मंगलबार पाँचौ दिनको खेल थालेको भ्रमणकारी टोली बंगलादेश १४६ रनमा अलआउट भएको थियो । उसका लागि शद्मान इस्लामले अर्धसतक बनाए । मुस्फिकुर रहमानले ३७ रन जोडे । जस्प्रित बुमराह, रविचन्द्रन अश्विन र रविन्द्र जडेजाको नाममा ३-३ विकेट रह्यो ।  

पहिलो इनिङ्समा बंगलादेशले २३३ र भारतले २८५ रन बनाएका थिए ।  

भारत भ्रमणमा रहेका बंगलादेशले आइतबारदेखि तीन खेलको टी-२० सिरिज खेल्नेछ । 

प्रकाशित: १५ आश्विन २०८१ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App