२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत, धमलाले लिए ४ विकेट

कैलाली – धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बिहीबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन बनायो।

विराटनगरका लागि सर्वाधिक स्कोर पवन सर्राफले जोडे। पवनले ३४ बलमा १ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए। त्यस्तै अनिल कुमार शाहले १९ बलमा २४, सुब्हम कामतले ११ बलमा १८ र बाबर हयातले ८ बलमा १५ रन बनाए।

धनगढीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र सोमपाल कामीले २–२ तथा ललित भण्डारी, र सम्शेद शेखले एक–एक विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र टिम चौराह धनगढीको कप्तान सोमपाल कामी हुन्।

पहिलो खेलमा पराजित विराटनगरले दोस्रो खेलमा भने जित निकालेको थियो। तीनमध्ये दुई खेल जितेको धनगढी अंक तालिकाको दोश्रो स्थानमा छ। पहिलो खेलमा पराजित धनगढीले दोस्रो र तेस्रो खेलमा जित निकालेको थियो।

आजै हुने दोस्रो खेलमा दिउँसो १ः१५ मा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड आमनेसामने हुँदैछन्।

प्रकाशित: २२ चैत्र २०७४ ०४:५९ बिहीबार

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत धमलाले लिए विकेट