१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

उपाधि जितेको चार दिनमै प्रकाशको निधन

पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ। 

गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

राईले मिस्टर काठमाडौं प्रतियोगितामा ७५ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जितेका थिए।

प्रकाशित: २ आश्विन २०८१ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App