७ पुस २०८१ आइतबार
image/svg+xml
खेल

प्रथम तिम्बुङ पोखरी ट्रेल रनको उपाधि पाँचथरका विशाल राईलाई

प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४–का विशाल राई प्रथम भएका छन् । यस्तै भारत पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका–१ का भरत बानियाँ तेस्रो भएका छन् ।  

तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तिम्बुङ पोखरी ट्रेल रनमा तीन महिलासहित ३० जना सहभागी थिए । ४ हजार ३ सय ५० मिटर हाराहारीको उचाइमा पर्ने तिम्बुङ पोखरीबाट ७.८ किलोमिटरको दुरीमा पर्ने पाङ्दुवासम्म दौड भएको थियो ।  

प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमस ३० हजार २० हजार र १० हजार रुपैयाँ सहित नगद र प्रमाणपत्र प्रदान गरिएको छ  । यस्तै महिला सहभागी ३ जना मध्ये निर्धारित दुरी सबै भन्दा पहिला पार गर्ने फाल्गुनन्द ५ पाँचथरकी निक्की नेम्बाङलाई समेत नगद १० हजारसहित सम्मान गरिएको छ ।  

विजेता तथा सहभागीहरुलाई सिदिङ्वा गाउँपालिका उपाध्यक्ष बन्दना कडरिया,जिल्ला खेलकुद विकास अध्यक्ष गणेश मावो, सिदिङ्वा गाउँपालिका वडा नं १ का अध्यक्ष गोपाल बानियाँ, आयोजक समितिका सल्लाहकार कैलाश राई लगायतले पुरस्कार वितरण गरेको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवद्र्धन समितिका अमिर राइले जानकारी दिए । 

प्रकाशित: २६ भाद्र २०८१ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App