१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का पुगेको छ। सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।

नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्कामा अभ्याससँगै श्रीलङ्का डेभलपमेन्ट टोलीसँग तीनवटा एकदिवसीय शृङ्खला खेल्न लागेको हो।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृङ्खलाको बारेमा जानकारी दिएको हो। सेप्टेम्बर १६ देखि २६ तारिखसम्म क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिदेशीय शृङ्खला हुँदै छ। सोही शृङ्खलाका लागि नेपालले भारतपछि श्रीलङ्कामा तयारी गर्न लागेको हो।

क्यानले श्रीलङ्कामा हुने तयारीका लागि १९ सदस्यीय टोली घोषणा पनि गरेको छ। नेपाली टोलीमा रोहित पौडेल, आसिफ सेख, अनिलकुमार साह, देव खनाल, भीम कार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा र रिजन ढकाल छन्।

त्यस्तै ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि श्रीलंका उडेका छन्।

प्रकाशित: १६ भाद्र २०८१ १३:३८ आइतबार

#Nepali Cricket Team #Sri Lanka Tour #Sandeep Lamichhane