२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ज्ञान कार्निभलमा एनसिसिएसको जित

नेसनल क्रियटिभ को–एजुकेसनल स्कुल (एनसिसिएस) ले आइतबारदेखि सुरु भएको ३०औं ज्ञान कार्निभल बास्केटबल प्रतियोगितामा जित निकालेको छ।

ज्ञानोदय बालवाटिका माध्यमिक विद्यालयको ५०औं स्थापना दिवसको अवसरमा भएको प्रतियोगितामा गर्ल्सतर्फको खेलमा नेसनल क्रियटिभले जित निकालेको हो। नेसनल क्रियटिभले उद्घाटनमा खेलमा रातो बङ्गलालाई २७–१९ स्कोरले हराउँदै सुखद सुरुआत गर्‍यो। एनसिसिएसकी दिवा महर्जनले सर्वाधिक १५ स्कोर गरिन्।

ब्वाइजतर्फ रेडियन्ट पब्लिक स्कुलले पनि जित प्राप्त गर्‍यो। रेडियन्टले मोडर्न इन्डियन स्कुललाई २१–१४ को स्कोरले हरायो। रेडियन्टका रवीन्द्र कार्कीले सर्वाधिक आठ स्कोर गरे। पूर्व युवा तथा खेलकुदमन्त्री एवम् सांसद् विराजभक्त श्रेष्ठले ३०औं संस्करणको ज्ञान कार्निभल उद्घानटन गरे।

उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले ज्ञान कार्निभलका माध्यमबाट बास्केटबल खेलका राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न सक्षम बनेकामा विद्यालयलाई बधाई र ५० वर्षसम्म विद्यालयलाई कुशल नेतृत्व प्रदान गर्नुभएकोमा प्रधानाध्यापक इन्दिरा याक्थुम्बाको प्रशंसा गर्दै खेल क्षेत्रमा दिएको योगदानको सराहना गरे।

उनले अबको शिक्षा पारम्परिक नभएर सूचना प्रविधिसहितको रोजगारमूलक हुनुपर्ने कुरामा जोड दिए। उक्त अवसरमा बास्केटबलको राष्ट्रिय टिममा समावेश भएका तथा ज्ञानोदयका पूर्वखेलाडीहरू एवम् बास्केटबल खेलमा राष्ट्रको नेतृत्व गर्दै महत्वपूर्ण योगदान दिएका ११ जना व्यक्तित्वलाई विद्यालयले सम्मान गरेको थियो।

प्रकाशित: १० भाद्र २०८१ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App