२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अन्तर विद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुँदै

केकेएम/एनआर अन्तर विद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । 

काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) ले आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा आगामी भदौ ११ देखि १३ गते सम्म उक्त प्रतियोगिता गर्न लागेको हो ।काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । 

उक्त प्रतियोगितामा कुल ४३ विद्यालयका एक सय ९२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ब्वाइज/ गल्र्स टिम, यु–१६ ब्वाइज/गल्र्स एकल तथा यु–१२ ब्वाइज/गल्र्स एकल गरी कुल ६ विधा समावेश गरिएको छ । यु–१६ र १२ का शीर्ष तीनले क्रमशः २०, १० र ५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगितामा अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग रहनेछ । 

प्रकाशित: ९ भाद्र २०८१ १९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App