४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

काभा महिला भलिबल नेसन्स लिग: रोमाञ्चक खेलमा इरानसँग श्रीलङ्का पराजित

रोमाञ्चक खेलमा इरानले शुक्रवार श्रीलङ्कामाथि जित निकाल्दै काभा महिला भलिबल नेसन्स लिगमा पहिलो सफलता प्राप्त गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) इरानले श्रीलङ्कामाथि ३–२ को सङ्घर्षपूर्ण जित निकाल्दै नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगमा अङ्कको खाता खोलेको हो । इरानले दोस्रो खेलमा पहिलो जित निकाल्दा श्रीलङ्काले भने दुई खेलमा कुनै जित दर्ता गर्न सकेको छैन । यसअघि पहिलो खेलमा इरान भारतसँग ३–१ र श्रीलङ्का आयोजक नेपालसँग ३–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो दुई सेट गुमाए पनि श्रीलङ्काले उत्कृष्ट पुनरागमनको सङ्केत गरेको थियो । 

इरानले पहिलो सेट २५–२० र दोस्रो २५–१२ ले सहजै आफ्नो बनाउन सफल भएको हो । तर श्रीलङ्काले तेस्रो र चौथो सेट आफ्नो बनाउँदै खेलमा फर्कने सङ्केत ग¥यो । यो सेटमा श्रीलङ्काले २५–२२ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उच्च आत्मबल बटुल्यो । तर पाँचौँ तथा निर्णायक सेटमा भने श्रीलङ्काले तालमेल मिलाउन सकेन । यो सेटमा एक समय श्रीलङ्का १०–१० को बराबरीको स्थितिमा थियो । तर, यसबिच तालमेल गुमाउँदा इरानले लगातार अंक बटुल्दै १५–११ ले सेट आफ्नो बनायो ।

राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहने टोली र चौथो हुने टोली तथा दोस्रो स्थानको टोली र तेस्रो स्थानको टोलीबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । नेपालसहित पाँच राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता साउन २३ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलङ्का र माल्दिभ्सले प्रतियोगिता खेल्दैछन् । नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छन् । 

प्रकाशित: १८ श्रावण २०८१ १८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App