नेपाली पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हासिल गरेको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गरेको हो ।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शुक्रबार नै भुटानलाई समान २१-१४ को सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा श्रेष्ठ र सुनारको टोलीले उज्बेकिस्तानलाई २१-१५ र २१-१४ ले पाखा लगायो।
नेपाल आफ्नो पहिलो खेलमा भने बिहीबार माल्दिभ्ससँग सोझो सेटमा पराजित भएको थियो।
प्रकाशित: १८ श्रावण २०८१ १७:३९ शुक्रबार