२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

पदक जितेको खुशी मनाउँदा कुमको हड्डी नै फुस्कियो...

सन् २०२४ को समर ओलम्पिक यतिबेला फ्रान्सको पेरिसमा जारी छ। विभिन्न विधाका खेलहरूले सजिएको पेरिस ओलम्पिकमा विश्वका विभिन्न मुलुकका खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यसै क्रममा एकजना खेलाडीले मेडल जितेको खुशी व्यक्त गर्दा उनको कुमको हड्डीनै फुस्केको छ।

माल्डोवाका जुडो खेलाडी आदिल ओस्मानोवले रजत पदक जितेका छन्। पुरुष तर्फको ७३ किलोग्राम तर्फको विधामा उनले इटलीका म्यानुअल लोम्बार्डोलाई हराउँदै रजत पदक आफ्नो नाम गरेका छन्।

रजत पदक जितेपछि खुशीले कराउँदै झुम्दै उनी घुँडाको सहारामा बसे। पदक जितेको खुशीयाली मनाउँदै गर्दा उनको कुमको हड्डी नै अनयन्त्र सरेर उनी घाइते भएका छन्।

पहिलादेखि नै कुमको समस्या रहेको आदिललाई ओलम्पिकमा जानुभन्दा अघि कुमको शल्यक्रिया गराउन सल्लाह दिएको उनैले बताएका छन्।

प्रकाशित: १७ श्रावण २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App