२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कटारी गोल्डकप : उपाधिका लागि झापा ११ र संकटा भिड्ने

म्यान अफ द म्याच घोषित इब्राहिमलाई पुरस्कार प्रदान गरिदैं । तस्विर : नागरिक

उदयपुर– कटारीमा जारी ‘चौथो कटारी गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा अर्को ए डिभिजन संकटा क्लब काठमाडौं पनि उपाधिको दावेदार बनेर उभिएको छ। बिहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा संकटाले प्रतिस्पर्धी समूह गोर्खा ब्वाईज युनियन रुपन्देहीविरुद्ध ०–३ गोल गर्दै उपाधिको दाबेदार झापा ११ लाई चुनौती दिन उभिएको हो। 

अघिल्लो दिनको पहिलो सेमीफाइनलमा झापा सहारा क्लब पोखरलाई पराजित गर्दै उपाधिको दावेदार बनेको थियो। खेल सुरु भएको २९ औं मिनटमा शंकटाका खेलाडी प्रकाश अधिकारीले पहिलो गोल गरेर समूहलाई अगाडि बढाएकोमा ८७ औं मिनटमा नाईजेरियन खेलाडी ईब्राहिम कोउडियाले दोस्रो गोल थपे। खेलको अन्तिम समय ९० औं मिनटमा सन्त गुरुङले विपक्षीलाई निर्ममतापूर्वक तेस्रो गोल गर्दै आप्mनो टिमलाई थप बलियो बनाए।

बिहीबारको खेलमा म्यान अफ द म्याचको उपाधि नाइजेरियन खेलाडी कोउडियो नै घोषित भए। उनलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो। कटारी नगरपालिकाको प्रायोजना र स्थानीय साथी समूह कटारीको संयोजनामा गत १० गतेदेखि कटारीस्थित खेलमैनामा भइरहेको प्रतियोगिताको यसवर्षको विजेताले नगद ५ लाखका साथै ट्रफि र प्रमाणपत्र पाउने छ। त्यस्तै उपविजेतालाई २ लाख ५१ हजार नगद र मेडल तथा प्रमाणत्रप प्रदान गरिने छ।

मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालका अनुसार संकटाको जितसँगै प्रतियोगिताको सेमीफाइनल सकिएको छ। शुक्रबार खेलाडीलाई विश्राम दिएर शनिबार हुने फाइनल खेलमा झापा ११ र संकटाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १५ चैत्र २०७४ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App