१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियाले टस जित्याे, भारतविरुद्ध पहिला फिल्डिङ गर्ने

आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।

खेल डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट सुरु हुनेछ।

समूह ‘ए’ मा रहेको भारत र अस्ट्रेलिया दुवै आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छन्।

रोहित शर्माको कप्तानीमा रहेको भारतले यदि आजको खेलमा फराकिलो अन्तरको जित निकाल्यो भने उ सेमिफाइनलमा पुग्ने लगभग निश्चित हुन्छ।

सन् २०२३ को एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग उपाधि भिडन्तमा पराजित भएको भारतसँग आजको खेलमा बदला लिने मौका छ।

यता, मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलिया अफगानिस्तानसँग पराजित भएका कारण उसलाई आजको खेल जित्नै पर्ने दबाब छ।

तर, आजको खेलमा वर्षा बाधक बन्न सक्ने सम्भावना देखिएको छ। ग्रस आइलेटको मौसम विभागका अनुसार आज त्यहाँ ठूलो आँधी र वर्षाको सम्भावना रहेको छ।

यदि आजको खेल वर्षाका कारण प्रभावित भयो वा रद्द भयो भने दुवै टीमले एक/एक अङ्क बाँड्ने छन्। कारण, सुपर ८ को खेलका लागि रिजर्भ डे राखिएको छैन।

त्यसकारण वर्षाका कारण खेल रद्द भएमा भारतले पाउने एक अङ्कका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छ। तर, अस्ट्रेलियालाई भने एक अङ्कले कुनै फाइदा हुने छैन। कारण, उसको ३ अङ्क मात्रै हुनेछ।

अष्ट्रेलियाः १) ट्राभिस हेड, २) डेभिड वार्नर, ३) मिचेल मार्स (कप्तान), ४) ग्लेन म्याक्सवेल, ५) मार्कस स्टोइनिस, ६) टिम डेभिड, ७) म्याथ्यु वेड (विकेट), ८) प्याट कमिन्स, ९) मिचेल स्टार्क, १०) एडम जाम्पा, ११) जोश हेजलवुड।

भारतः १) रोहित शर्मा (कप्तान), २) विराट कोहली, ३) ऋषभ पन्त (विकेट), ४) सूर्यकुमार यादव, ५ शिवम दुबे, ६) हार्दिक पाण्ड्या, ७) अक्षर पटेल, ८) रविन्द्र जडेजा, ९) अर्शदीप सिंह, १०) कुलदीप यादव, ११) जसप्रित बुमराह।

प्रकाशित: १० असार २०८१ १९:५९ सोमबार