२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

भुवन र दिनेश संयुक्त शीर्ष स्थानमा

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १० अन्डर एक सय ३४ स्कोरसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

उनीहरूले नीरज तामाङ, सुवास तामाङ र एमेच्योर सद्भाव आचार्यलाई तीन स्ट्रोकले पछि पारे। उमेशले बुधबार ६ अन्डर ६६ को उत्कृष्ट स्कोर कार्ड बनाए । पहिलो दिनका लिडर दिनेशले ३ अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए। समग्रमा सात अन्डर एक सय ३७ को स्कोरमा नीरज, डिफेन्डिङ च्याम्पियन सुवास र एमेच्योर सद्भाव संयुक्त रूपमा तेस्रो स्थानमा रहे। नीरजले ६ अन्डर ६६ को उत्कृष्ट स्कोर दर्ज गर्दा सुवास र सद्भावले ३ अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ५ अन्डर एक सय ३९ स्कोरसहित तोरणविक्रम शाही र एमेच्योर विजय श्रेष्ठ आइन्हाउस संयुक्त रूपमा छैटौं स्थानमा छन्। विजयले बुधबार २ अन्डर ७० र तोरणले १ ओभर ७३ मा खेल सकाए। यो स्कोरमा तोरण आज दोस्रो स्थानबाट छैटौं स्थानमा तल झरे। समग्रमा ४ अन्डर एक सय ४० को स्कोरमा जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्त रूपमा आठौं स्थानमा छन्। जयरामले ४ अन्डर ६८, सञ्जयले ३ अन्डर ६९ र सुमनले २ ओभर ७४ को स्कोर गरे।

३६ होलको समाप्तिमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन्।

प्रोफेसनलतर्फ रमेश अधिकारी, धनबहादुर थापा, भुवनकुमार रोक्का, रवि खड्का, रामे मगर, बलभद्र राई, भूबहादुर गुरुङ, दलबहादुर लामा, टंकबहादुर कार्की, किशन कालीराज सुनार, वसन्तराज गुरुङ, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा र युवराज भुजेलले कट बनाए। एमेच्योरतर्फ सद्भाव, विजय, सुमनसँगै तेन्जिङ पाल्देन, राहुल विश्वकर्मा र वाङचेन ढोन्डुपले अन्तिम दुई दिनका लागि स्थान बनाएका छन्।

प्रकाशित: ६ असार २०८१ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App