१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधिका लागि अल्काराज र भेरेभ भिड्दै

ग्रान्डस्लाम टेनिसअन्तर्गत फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधि भिडन्ट आज हुँदैछ । उपाधिका लागि तेस्रो वरीयाताका कार्लोस अल्काराज (Carlos Alcaraz) र चौथो वरीयाताका अलेक्जेन्डर भेरेभ (Alexander Zverev) बीच प्रतिस्पर्धा हुन लागेको हो । खेल साँझ सुरु हुनेछ ।  

२१ वर्षे स्पेनका अल्काराज २२ वर्षे इटलीका जानिक सिनरमाथि ३-२ को संघर्षपूर्ण जित निकाल्दै फाइलनमा पुगेका हुन् । ४ घण्टा ९ मिनेट चलेको खेलमा पहिलो सेट सिनरलाई सुम्पिएका अल्काराजले दोस्रो भने आफ्नोमा पारेका थिए । तेस्रो गुमाए पनि बाँकी दुवै सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै उनले फाइनलमा स्थान पक्का गरे ।  

अर्को सेमिफाइनलमा जर्मनीका भेरेभले नर्वेका कास्पर रुडलाई ३-१ को सेटमा पाखा लगाए । सातौं वरीयाताका रुडलाई पराजित गर्न भेरेभले कोर्टमा मात्र २ घण्टा ३५ मिनेट संघर्ष गर्नु परेको थियो ।  

फ्रेन्च ओपनमा स्वातेकको ह्याट्रिक  

महिला एकलतर्फको उपाधि भने शीर्ष वरीयाताकी इगा स्वातेक (Iga Swiatek) ले जितेकी छन् । 

फ्रेन्च ओपनको फाइनलमा इटलीकी जस्मिन पाउलोनी (Jasmine Paolini) माथि ६-१ र ६-१ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले  उपाधिमा ह्याट्रिक गरेकी हुन् । सन् २०२० मा पहिलो पटक उपाधि जितेकी उनले ०२२, ०२३ र यो वर्ष लगातार उपाधि जितिन् । 

पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी पाउलोनी भने उपाधि चुम्न असफल भइन् । 

प्रकाशित: २७ जेष्ठ २०८१ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App