१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

छिन्नमस्ता लायन्स सप्तरी प्रिमियर लिगको फाइनलमा

छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणको फाइनल पुगेको छ।

आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा कन्चनरुप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुत टाइगर्ससँग फाइनल प्रतिस्पर्धा तय गरेको हो। उपाधिको लागि कन्चनरुप राइनोज र तिरहुत टाइगर्स सोमबार फाइनल खेल हुनेछ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कन्चनरुप राइनोजले दिएको ११८ रनको लक्ष्य छिन्नमस्ताले ४ बल बाँकी हुँदा ६ विकेट क्षतिमा भेटायो। 


छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका भीम सार्कीले अर्धशतकीय योगदान दिए। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम् योगदान खेलका थिए। यस्तै फिर्दोश अन्सारीले अविजित १६ रन, राज वर्माले १५ तथा सुमीत नेवारले ११ रन बनाए।लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा भिमले फिर्दोश अन्सारीसँग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। सोह्रौँ ओभरमा भीम आउट भएपछि फिर्दोशले अन्तिमसम्म ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्‍याए।

कन्चनरुपको बलिङमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन।यस अघि टस जितेर ब्याटिङ गरेको कन्चनरुप राइनोजले १८दशमलब २ ओभरमा ११७ रनमा सबै विकेट गुमायो। कन्चनरुपको लागि दिनेश अधिकारी र कर्ण विकले समान १९ रन, अभिषेक गौतमले १५ तथा सुभ कंसकार र महानन्द यादवले समान १३ रनको योगदान दिए।

बलिङतर्फ छिन्नमस्ता लायन्सका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ दशमलब २ ओभरमा २४ रन खर्चिए। यस्तै मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए।सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ हात पर्नेछ। उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ।

प्रकाशित: २७ जेष्ठ २०८१ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App