५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

फुङलिङ-पाथिभरा दौड जेठ ७ मा

फाइल तस्बिर

जेठ ३ गतेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवको अन्तिम दिन जेठ ७ गते पुरुष तथा महिला हाफ म्याराथन हुने भएको छ।

मेयर कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता, डोको क्यारी रन, टपरी बुन्ने प्रतियोगिता र डोको बुन्ने प्रतियोगिता समेत हुने गरी कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिए।

उनका अनुसार खुलातर्फ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरी करिब ४८ किलोमिटर दूरीको म्याराथन हुनेछ। सदरमुकाम फुङलिङबाट काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फर्कने गरीे करिब ३९ किलोमिटर दूरीमा महिला हाफ म्याराथन हुने छ।

खुलातर्फका विजेताले नगद १ लाख ५१ हजार १११ रूपैयाँ तथा महिलातर्फका विजेताले नगद ८१ हजार १११ रूपैयाँ पाउने छन्। खुला उपविजेताले नगद १ लाख ११ हजार १११ रूपैयाँ प्राप्त गर्दा महिला उपविजेताले नगद ५१ हजार १११ रूपैयाँ पाउने छन्।

प्रकाशित: २२ वैशाख २०८१ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App