वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दोस्रो सफलता हासिल गरेको छ।
केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका सागर ढकालले लगातार २ विकेट लिएका हुन्।
उनले वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे र जोनसन चाल्र्सलाई आउट गरेका हुन्।
उनले जम्मा २ रन खर्चेर २ विकेट हात पारेका हुन्। जोनसन ११ र अथान्जे ६ रन बनाएर पभेलियन फर्केका छन्।
४ ओभरको खेल सकिँदा वेस्ट इन्डिज ‘ए’ २ विकेटको क्षतिमा २२ रन बनाएको छ।
प्रकाशित: १६ वैशाख २०८१ १२:३५ आइतबार