८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

आशाका केन्द्र दीपेन्द्र ५ रनमै आउट

नेपालका आशाका केन्द्र दीपेन्द्रसिंह ऐरी पनि आउट भएका छन्। उनी ८  आठ बलमा ५ रन मात्र बनाउन सफल भए। उनी आयान अफजल खानको बलमा एलबीडब्लु भएका हुन।

नेपालको ब्याटिङ धरमराएको छ। विकेट खस्ने क्रम अझै रोकिएन। अधिकांस ब्याटर दोहोरो अंकमा रन बनाउन सकिरहेका छैनन।

यसअघि एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा अहिलेसम्म ५ विकेट पतन भइसकेको छ। यसअघि ५ बल मात्र खेलेका कुशल मल्ल तीन रन बनाउन मात्र सफल भएका थिए। उनी वसिल हसिमदको बलमा आउट भएको हुन।  

यसअघि क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार  पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

यसअघि नेपालका आशिफ शेख ११ बलमा ८ रन बनाएर आउट भएका थिए। उनलाई युएईका ओमिद साफी रहमानले एलबीडब्ल्यू आउट गरेका हुन्।

यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए। उनी जुनैद सिद्दिकीको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।  

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेर अघि सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो। 

प्रकाशित: ७ वैशाख २०८१ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App