१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

दक्षिण एसियाली कुराँशमा नेपालको चुनौती

नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी अप्रिल १९ देखि २१ तारिखसम्म भारतको केरलामा उक्त प्रतियोगिता हुँदै छ। सोही प्रतियोगिताका लागि ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली बुधबार केरलातर्पm प्रस्थान गरेको छ।

सिनियर पुरुष ८१ केजीमुनि योगेन्द्र विष्ट, ७३ केजीमुनि पूजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेेछन्। महिलामा सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्ने भएका छन्।

टोलीको प्रशिक्षक तथा निर्णायकमा प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापकमा ग्याल्जेन शेर्पा छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बुधबारै टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

प्रकाशित: ६ वैशाख २०८१ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App