१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एसएमएस फ्रेन्डसिप कप अन्तर्गत नेपालको पहिलो विकेट पतन

एसएमएस फ्रेन्डसिप कप टी-२० अन्तर्गत नेपालले पहिलो विकेट गुमाएको छ।

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।

नेपाल जारी प्रतियोगितामा एक खेलमा पराजित र अन्य सबैमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। तर, अन्तिम खेलमा कमजोर टोलीसँग पराजित भएको नेपाललाई आजको खेल सहज हुनेछैन।

टी–२० विश्वकपको तयारी स्वरुप नेपाल हाल भारत भ्रमणमा रहेको छ।

आजको खेलमा भने नेपालले चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।

प्रकाशित: २५ चैत्र २०८० १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App