१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

बरोडाविरुद्ध नेपाललाई चौथो सफलता

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेलिरहेको छ।

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।

नेपालले बरोडाविरुद्ध चौँथो सफलता हात पारिसकेको छ। हालसम्मको अवस्थामा बरोडाले १३ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ।

एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको नेपाल आजको खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो।

प्रकाशित: २३ चैत्र २०८० १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App